सेन्सई ब्राण्डको फोरके युएचडि एन्ड्रोइड टिभी बर्दियामा सार्वजनिक

  • Technology Khabar | १५ फाल्गुन २०७७, शनिबार
सेन्सई ब्राण्डको फोरके युएचडि एन्ड्रोइड टिभी बर्दियामा सार्वजनिक

काठमाडौं ।

चौधरी ग्रुप अन्तर्गत सिजी इओएलले बर्दियामा सेन्सई ब्राण्डको ६५ इच्नको फोरके युएचडि एन्ड्रोइड टिभी सार्वजनिक गरेको छ।

फोरके युयचडिमा रहेको उक्त टिभी एन्ड्रोइड प्लेटफर्म अन्तरगत रहेको छ । ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता युक्त टिभीमा २ वर्षको वारेण्टी रहेको छ ।

ग्रुपले सेन्सई ब्राण्ड सन् २०१६ मा उत्पादन गरि विक्री वितरण गर्न थालेको हो ।

सुरुवातमा नर्मल टिभीबाट नेपाली बजारमा विक्री वितरण थालेको ब्राण्डले आजको दिनमा आएर टिभी (नर्मल, स्मार्ट, युयचडि) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको ग्रुपले जनाएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार