गुगल मिट चलाउँदै हुनुहुन्छ ? यस्तो छ गुगल मिटको फ्री भर्जन प्रयोग गर्ने तरीका

  • Technology Khabar | १५ फाल्गुन २०७७, शनिबार
गुगल मिट चलाउँदै हुनुहुन्छ ? यस्तो छ गुगल मिटको फ्री भर्जन प्रयोग गर्ने तरीका

काठमाडौं ।

गुगल मिट गुगलले उपलब्ध गराएको एउटा भिडियाे कन्फ्रेन्सिङ एप्लिकेशन हो। यसबाट व्यापार, मनाेरञ्जन तथा शैक्षिक जुनसुकै खाले भिडियाे कन्फ्रेन्सिङ गर्न सकिन्छ।

गुगल मिटको फ्री भर्जन १ घण्टासम्म चलाउन सकिन्छ भने यसमा एक पटकमा १ सय जनासम्म जाेडिन सक्छन्।

कसरी चलाउने?

>> सबैभन्दा पहिले गुगल मिटमा साइन अप गर्ने

>> साइन अप गर्नुअघि गुगल मीटमा गएर सबैभन्दा पहिले आफ्नो नाम इमेल देश तथा प्राइमरी युज (पर्सनल/बिजनेस/एजुकेशन तथा सरकारी सेवा) के का लागि गुगल मिट चलाउन लागेको हो त्यो छानेर दर्ता गर्ने ।

>> त्यसपछि गुगलका शर्त तथा नियमहरुलाई accept गर्ने submit क्लिक गर्ने

>> अब साइन अप गर्ने। साइन अप गरेपछि गुगल मिटको निशुल्क भर्जन चलाउनको लागि तयार हुन्छ।

मिटिङ कसरी शुरु गर्ने?

>> मिटिङ शुरु गर्नका लागि आईओएस वा एन्ड्रोइड एप वा meet.google.com मा गएर गुगल क्यालेन्डरमा जाने

>> अब start new meeting मा क्लिक गर्ने वा मिटिङ कोड राख्ने

>> अब आफूले प्रयोग गर्न लागेको गुगल एकाउन्ट छान्ने

>> त्यसपछि join meeting मा क्लिक गर्ने

यति गरेपछि तपाईँ मिटिङमा जोडिनुहुन्छ भने यही मिटिङमा अरुलाई समेत जोड्ने अधिकार पाउनुहुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...