माेबाइल फाेटाेग्राफीलाई चुस्त बनाउन भिभो र जाइसबीच दीर्घकालीन रणनैतिक सम्झाैता

  • Technology Khabar | १४ फाल्गुन २०७७, शुक्रबार
माेबाइल फाेटाेग्राफीलाई चुस्त बनाउन भिभो र जाइसबीच दीर्घकालीन रणनैतिक सम्झाैता
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी भिभो र ख्यातिप्राप्त जर्मन अप्टिकल सिस्टम उत्पादन कम्पनी जाइसबीच दीर्घकालीन रणनैतिक सम्झाैता भएको छ।

यी दुई कम्पनीबीच माेबाइल फाेटाेग्राफीलाई अझ चुस्त बनाउने प्रतिबद्धता अनुरुप माेबाइल इमेजिङ टेक्नाेलाेजीकाे विकास तथा पुनरुत्थानका लागि दीर्घकालीन सम्झाैता भएकाे हाे।

आफ्ना विश्वभर रहेका झण्डै ४ अर्ब प्रयाेगकर्तालाई ध्यानमा राखेर माेबाइल इमेजिङ टेक्नाेलाेजीका नवीन याेजनाहरुका लागि अनुसन्धान तथा विकासकाे संयुक्त कार्यक्रमहरु गर्न जाइससँग साझेदारी गरिएकाे भिभाेले जनाएकाे छ।

कम्पनीका अनुसार दुवैकाे संयुक्त प्रयासमा एउटा भिभाे जाइस इमेजिङ ल्याबकाे स्थापना गरिनेछ जसले माेबाइल फाेटाेग्राफीका क्षेत्रमा नवीन तथा आधुनिक प्रविधि विकास तथा विस्तारमा जाेड दिनेछ।

यस रणनैतिक साझेदारी अन्तर्गत रहेर भिभाे र जाइसले भिभाेका आउँदै गरेका फ्ल्यागशिप स्मार्टफोनहरुका लागि इमेजिङ सिस्टम विकासका लागि काम गर्ने बताइएकाे छ।

 

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...