काठमाडौं ।
डिशहाेमले एक्सभीओडी नामकाे भिडियाे अन डिमान्ड सेवा सुरु गरेकाे छ। याे सेवा मार्फत् डिशहाेमका ग्राहकहरुले आफूले चाहेका र टिभीमा हेर्न छुटेका विभिन्न प्रकारका भिडियाेहरु आफूलाई पायक पर्ने समयमा स्ट्रिमिङ गरेर हेर्न सक्ने डिशहाेमकाे प्रविधि शाखाका टेक्निकल म्यानेजर आदित्य भट्टराई बताउँछन्।
के हाे एक्सभीओडी?
टेक्निकल म्यानेजर भट्टराईका अनुसार एक्सभीओडी इन्टरनेटकाे सहायताले आफूलाई मन परेका विभिन्न भिडियाेहरु डाउनलाेड नगरी साेझै डिशहाेमकाे सर्भरबाट स्ट्रिमिङ गरेर हेर्न सकिने सेवा वा फिचर हाे।
भीओडीकाे पूरा रुप भिडियाे अन डिमान्ड हाे। भिडियाे अन डिमान्ड भन्नाले चाहेकाे बेला भिडियाे हेर्ने सुविधा भन्ने बुझाउँछ। तर इन्टरनेटका माध्यमबाट मात्र चाहेका भिडियाेहरु हेर्न सकिने र यसलाई डाउनलाेड नगरी साेझै स्ट्रिमिङ गर्नु पर्ने हुनाले कम्पनीले याे सेवाकाे नाम एक्सभीओडीकाे अर्थात् स्ट्रिमिङअन भिडियाे डिमान्ड राखेकाे भट्टराईले प्रष्ट पारे।
एक्सभीओडी कसरी प्रयाेग गर्ने ?
यसका लागि डिशहाेमकाे सेट टप बक्समा इन्टरनेट जाेडिएकाे हुनु आवश्यक छ। इन्टरनेट बिना याे सुविधा प्रयाेग गर्न सकिँदैन। इन्टरनेटका लागि या त सेट टप बक्सकाे पछाडि रहेकाे इथरनेट पाेर्टमा इन्टरनेटकाे तार जाेडेर वा डिशहाेमले उपलब्ध गराउने वाइ फाइ डाेङ्गललाई सेट टप बक्सकाे युएसबी पाेर्टमा जाेड्नुपर्ने हुन्छ। याे वाईफाई डाेङ्गल लगभग ५ देखि ६ सय रुपैयाँमा डिशहाेमका डिलरहरुमा किन्न पाइन्छ।
शुल्क लाग्छ कि लाग्दैन?
भट्टराईका अनुसार याे सेवा प्रयाेग गर्न डिशहाेमकाे एक्टिभ कस्टमर हुनु जरुरी हुन्छ। एक्टिभ कस्टमर अर्थात् डिशहाेमकाे कुनै पनि प्याकेज चलाइरहेका ग्राहकले याे सेवा नि:शुल्क प्रयाेग गर्न सक्दछन्। हालसालै प्रयाेग नभएका वा निस्क्रिय सेट टप बक्समा भने याे सेवा उपलब्ध हुँदैन।
कसरी चलाउने?
याे सेवा सुचारु गर्नका लागि सेट टप बक्समा इन्टरनेट जाेडिसकेपछि डिशहाेमकाे नयाँ रिमोटमा रहेकाे एक्सभीओडी अथवा पुरानाे रिमाेटमा रहेकाे एफएभी (फ्याभ) बटन थिचेर लिस्टमा रहेका आवश्यकता अनुसारका भिडियाे हेर्न सकिने भट्टराईकाे भनाइ छ।
के के विधाका भिडियाे उपलब्ध छन् त?
कहिलेबाट सुरु हुन्छ?
याे सेवा कम्पनीले आफ्ना सबै ग्राहकका सेट टप बक्समा सफ्टवेयर अपडेटमार्फत् उपलब्ध गराइसकेकाे छ। ग्राहकहरुले इन्टरनेट जाेडेर नि:शुल्क सुविधा लिनेछन्। यी भिडियाेहरु लगभग सधैंका लागि नि:शुल्क हुने र भविष्यमा कुनै प्रिमियम चलचित्र वा भिडियाे आएकाे खण्डमा भने त्यस्ता एकाध भिडियाेहरुमा भने कम्पनीले केही शुल्क निर्धारण गर्न सक्ने भट्टराई बताउँछन्।
प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार