भारतमा फाइभजी सेवा शुरु गर्न मोबाइल अपरेटर एयरटेल र चिपमेकर क्वालकमबीच साझेदारी

  • Technology Khabar | १३ फाल्गुन २०७७, बिहीबार
भारतमा फाइभजी सेवा शुरु गर्न मोबाइल अपरेटर एयरटेल र चिपमेकर क्वालकमबीच साझेदारी

काठमाडौं ।

भारतीय टेलिकम अपरेटर एयरटेलले अमेरिकी चिपमेकर कम्पनी क्वालकमसँग छिमेकी देश भारतमा ५जी सेवा सुरु गर्न साझेदारीको घोषणा गरेको छ।

एयरटेलले भारतीय स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार कम्पनीले क्वालकमको रेडियो एक्सेस नेटवर्क प्लेटफर्म देशमा फाइभजी नेटवर्क रोलआउट गर्न प्रयोग गर्नेछ।

एयरटेल र क्वालकमले संयुक्त रूपमा एक ५जी फिक्स वायरलेस एक्सेस नेटवर्क निर्माण गर्नेछन र देशभरि कम लागत र द्रुत सेवा स्थापना गर्न कार्य गर्दछन्। यो घर र व्यवसायका लागि गीगाबाइट गतिमा ब्रोडब्यान्ड कनेक्टिविटी प्रदान गर्न डिजाइन गरीनेछ।

यो विश्वास छ कि एयरटेलको यो साझेदारीले अन्य कम्पनीहरूको लागि चुनौती खडा गर्न सक्छ।

हालसालै मात्र एयरटेलले हैदराबादमा फाइभजी लाइभ कमर्सियल नेटवर्क प्रदर्शन गरेको थियो। एयरटेल त्यस्तो गर्ने भारतको पहिलो कम्पनी हो। अब एयरटेलले क्वालकमलाई यस सेवाको विस्तारको लागि पार्टनरको रूपमा छनौट गरेको हो । एजेन्सी

प्रकाशित: १३ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...