एनएमबिको क्युआर कोडबाट दमकको नमुना कृषि बजारमा विद्युतीय भुक्तानी सुरु

  • Technology Khabar | १० फाल्गुन २०७७, सोमबार
एनएमबिको क्युआर कोडबाट दमकको नमुना कृषि बजारमा विद्युतीय भुक्तानी सुरु

काठमाडौं ।

एनएमबि बैंकले दमकको नमुना कृषि बजारमा क्युआरमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ।

बैंकले नगदरहित कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित दमकमा क्युआर कोड मार्फत भुक्तानी सुरु गरेको जनाएको छ।

बैंकले सोमबार एक कार्यक्रम गर्दै नमुना कृषि बजारलाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ ।

उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार