मङ्गल ग्रहबाट पर्सेभेरेन्स रोभरले पठायो अद्भूत तस्विर

  • Technology Khabar | १० फाल्गुन २०७७, सोमबार
मङ्गल ग्रहबाट पर्सेभेरेन्स रोभरले पठायो अद्भूत तस्विर

काठमाडौं ।

मङ्गल ग्रहमा सफलतापूर्बक अवतरणपछि अमेरिकी अन्तरिक्ष संस्था (नासा) को पर्सेभेरेन्स रोभरले कहिल्यै नदेखिएको दृश्यसहितको तस्विरहरु पठाएको छ । उक्त रोभर अवतरणस्थलको आफ्नो पोष्टकार्ड समेत पठाएको छ ।

पर्सेभेरेन्सले ट्विटर खाताबाट सेयर गरिएको टवीटमा लेखिएको छ, “यो तस्विर मेरो पाङ्ग्राले सतह छुँदा जेटप्याकमा जडान गरिएको क्यामराको हो । यो क्षणका लागि मेरो टोलीले वर्षौंदेखि सपना देखेको छ तर अब वास्तविकतामा परिणत भएको छ ।”

उक्त रोभर मङ्गलको सतहभन्दा करिब साढे छ फिट माथि हुँदा केही मात्रामा धुलो उडेको देखिएको छ । यसभन्दा अघिको मिसनहरुमा भने रोभरले हाल पठाएको जस्तै तस्विर सम्भव भएको थिएन ।

रोभरले पठाएको अर्को तस्विरमा मङ्गल ग्रहको चट्टानहरुमा प्वाल देखिएको छ । वैज्ञानिकहरुले चट्टानमा प्वाल हुनुको कारण बुझ्न उत्सुक देखिएका छन् ।

रोभरका नीति ब्यवस्थापक पौलिन हवाङ्गले मङ्गलमा अवतरण गरेको रोभर स्वस्थ्य अवस्थामा राम्रोसँग काम गरिरहेको बताएकाछन् । मङ्गल ग्रह मिसनमा रोभरका उप परियोजना प्रमुख क्याटि स्टक मोर्गनको नेतृत्वमा चार सय ५० जना वैज्ञानिकहरुको टोलि परिचालन गरिएको छ । एजेन्सीका साथ

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल आर्टः नयाँ युगको प्रतिनिधित्व

  • Technology Khabar
  • १० फाल्गुन २०७७, सोमबार