उच्च जोखिमयुक्त वैज्ञानिक अनुसन्धान एजेन्सी गठन गर्दै बेलायत

  • Technology Khabar | ९ फाल्गुन २०७७, आईतवार
उच्च जोखिमयुक्त वैज्ञानिक अनुसन्धान एजेन्सी गठन गर्दै बेलायत

काठमाडौं ।

बेलायतले ग्राउण्ड ब्रेकिङ्ग अनुसन्धानहरु गर्नका लागि ‘उच्च जोखिम’ विज्ञान एजेन्सी शुरू गर्ने भएको छ।

अरिया नामक एजेन्सी इन्टरनेट र जीपीएसको निर्माणमा अमेरिकी समकक्षीहरुको लाइनहरुमा चलाइने बीबीसीले उल्लेख गरेको छ।

चार बर्षमा ८०० मिलियन पाउण्ड कोष रहेको अरियासँग असफलताको लागि सामान्य भन्दा बढी सहिष्णुता हुने बेलायती सरकारले भनेको छ।

लेबर पार्टिले भने सरकारले एजेन्सीले के गर्ने भनेर स्पष्ट गर्नु आवश्यक रहेको बताएको छ।

नयाँ निकाय एडभान्स्ड  रिचर्स एण्ड इन्नोभेसन एजेन्सी (अरिया) ‘उच्च जोखिम, उच्च इनाम’ वैज्ञानिक अनुसन्धान कोष हुने सरकारले भनेको छ।

तर यसले प्राप्त गर्ने रकमको मात्रा भनेको ब्रिटेन रिसर्च एन्ड इनोवेशन (युकेआरआई) जस्ता अवस्थित सरकारी अनुसन्धान निकायहरूमा पठाइएको रकमको अंश हो।

प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...