रेडमीको के४० सिरिज स्मार्टफोन फेब्रुअरी २५ मा सार्वजनिक हुँदै, ट्रिपल एआई क्यामरा हुने

  • Technology Khabar | ८ फाल्गुन २०७७, शनिबार
रेडमीको के४० सिरिज स्मार्टफोन फेब्रुअरी २५ मा सार्वजनिक हुँदै, ट्रिपल एआई क्यामरा हुने

काठमाडौं ।

शाओमीको रेडमी ब्राण्डको नयाँ रेडमी के४० सिरिज फोन यहि फेब्रुअरी २५ मा आइपुग्ने छ, र ब्रान्डले हालै फोनको क्यामरा सेटअपको बारेमा खुलासा गर्दै प्रक्षेपणको नयाँ टिजर पोस्ट गरेको छ।

सो टिजरमा हामी ‘एआई ट्रिपल क्यामरा’ हेरिरहेका छौं जुन दुई ठुलो क्यामराको साथ आउँदछ । यो भर्टिकल डिजाइनमा रहेको छ र दुई साना प्वालहरू ती दुवैको बीचमा राखिएको छ (एउटा क्यामराको लागि र अर्कोको उद्देश्य हालसम्म अज्ञात रहेको छ।

यो फोन सबैभन्दा पहिले कम्पनीको होम मार्केट चीनमा लन्च हुनेछ र त्यसपछि मात्र अन्य बजारमा आउनेछ ।

रेडमी के ४० फोनहरु स्न्यापड्रागन ८८८ चिपसेटमा चल्ने पुष्टि भईसकेको छ, यद्यपि एक लीकले भने फ्ल्यागशिप केलब प्लेटफर्म के४०प्रो को लागी मात्र राखिएको बताएको छ । जबकि भेनिला रेडमी के४० मा स्न्यापड्रागन ८७० चिप हुनेछ।

फोनमा यस बाहेक ४५०० एमएएच ब्याट्री र एन्ड्रोइड ११ आउट अफ बक्स हुनेछ ।

यसका साथै टेना सूचीकाअनुसार फोनमा एमोलेड डिस्प्ले राखिने खुलासा गर्‍यो जसमा अण्डरस्क्रीन फिंगरप्रिन्ट स्क्यानर हुनेछ भने एकल सेल्फी क्यामराको लागि केन्द्रमा पंच होल हुनेछ।

यसमा रेडमी के ४०एस नामक तेस्रो संस्करण पनि देखिने चर्चाहरु रहेका छन तर यस बारेमा थप केहि जानकारी आएको छैन् । एजेन्सीका साथ

प्रकाशित: ८ फाल्गुन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...