प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित, एनसिएचएलमार्फत भुक्तानी

  • Technology Khabar | ७ फाल्गुन २०७७, शुक्रबार
प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्वचालित, एनसिएचएलमार्फत भुक्तानी

काठमाडौं ।

प्राइम लाईफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ।

यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी यस भित्र रहेका एनसिएचएल आईपिएस तथा कनेक्ट आईपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियल टाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलो इन्स्योरेन्स कम्पनी भएको छ ।

हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।

यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...