इन्टरनेट सेवा प्रदायकका कर्मचारीहरुलाई कोभिड खोप उपलब्ध आइस्पानको माग

  • Technology Khabar | ६ फाल्गुन २०७७, बिहीबार
इन्टरनेट सेवा प्रदायकका कर्मचारीहरुलाई कोभिड खोप उपलब्ध आइस्पानको माग

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई समेत कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

आइस्पानले हालै स्वास्थ्य सेवा विभागलाई पत्र बुझाउँदै फ्रन्टलाइनमा रहेका र सेवाग्राहीहरुको नजिकमा रहेर काम गर्नुपर्ने हुँदा आफ्ना कर्मचारीहरुलाई समेत खोप दिलाउन भनेको हो ।

इन्टरनेट सेवालाई नेपाल सरकारले अत्यावश्यक सेवाको रुपमा लिएको र देशभर बिना अवरोध सेवा पुर्याउन आफूहरु लागिरहेको भन्दै अन्य अत्यावश्यक सेवाहरुलाई कोभिड-१९ को खोप उपलब्ध गराएजस्तै इन्टरनेट सेवा प्रदायकहरुलाई पनि यथाशिध्र कोभिड-१९ को खोप उपलब्ध गराउन माग गरेको हो ।

‘इन्टरनेट सेवा दिने क्रामा हामी सेवा प्रदायकहरुले राज्यका सम्पूर्ण निकाय लगायत आम उपभोक्ता माझ गई उक्त सेवा प्रवाह गर्नुपर्ने हुँदा यस क्षेत्रका कर्मचारीहरुलाई पनि कोभिड लाग्ने संभावना रहेकोले स्वास्थ्य विभागबाट छिटो छरितो कोभिडको खोप उपलब्ध गराई यस कार्यमा सहयोग गरिदिनहुन सादर अनुरोध गर्दछौं,’ आइस्पानले विभागलाई लेखेको पत्रमा भनिएको छ ।

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ६ फाल्गुन २०७७, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ६ फाल्गुन २०७७, बिहीबार

NOC from Nagarik App

  • ६ फाल्गुन २०७७, बिहीबार

E-pension verification system launched

  • ६ फाल्गुन २०७७, बिहीबार