
काठमाडौं ।
गुगलले युरोपियन लगानी कोष तथा ल्याटिन अमेरिका र एशियामा दुई अन्य संगठनहरूसँग मिलेर कोभिड १९ को प्रभावबाट ग्रस्त साना र मध्यम आकारका कम्पनीहरूलाई ७ करोड ५० लाख डलर प्रदान गर्न सहयोग गर्ने भएको छ।
यो कोष ८० करोड डलरको पहलको हिस्सा हो जुन गत वर्ष मार्चमा महामारीको प्रतिक्रियामा घोषणा गरिएको थियो।
अल्फाबेटको एकाई गुगलले बुधबार दुई ईआईएफ कोषमा लगानी गर्ने बताएको छ। यसले १,००० यूरोपीय साना व्यवसायलाई १ करोड ५० लाख डलर र २०० लाइफ साइन्स कम्पनीहरूलाई समर्थन गर्ने ईआईएफको उद्यम पूंजी कोषमा १ करोड डलर दिने छ।
ईआईएफ यूरोपीयन लगानी बैंक समूहको हिस्सा हो, यसले यूरोपीयन संघको ऋण दिने अंगको रुपमा काम गर्दछ।
ल्याटिन अमेरिकामा भने गुगलले अन्तर-अमेरिकी विकास बैंकसँग मिलेर साना कम्पनीहरूलाई ८० लाख डलर विनियोजन गर्न काम गर्नेछ।
यसले अफ्रिका, मध्य पूर्व र इन्डोनेसियाका व्यवसायहरूलाई सहयोग पुर्याउने किवा नामको संस्थासँग मिलेर २६ मिलियन डलर कोष पनि खडा गरेको छ। भारतीय कम्पनीहरूले भने १ करोड ५० लाख डलर प्राप्त गर्नेछन्।एजेन्सी
प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार