
काठमाडौं ।
माइक्रोसफ्टले भर्खरै इमेज सेयरिङ्ग र सोशल मिडिया सेवा कम्पनी पिन्टरेस्ट इंक किन्न प्रयास गरेको थियो, तर त्यो डिल असफल भएको छ। यदि सम्झौता भएको भए, यो माइक्रोसफ्टले गरेको अहिलेसम्मको सबैभन्दा ठूलो अधिग्रहण हुने थियो, किनकि यो प्रस्ताव ५१ अर्ब डलरको थियो।
वास्तवमा माइक्रोसफ्ट पिन्टरेस्ट किन्न चाहन्छ किनकी उ आफ्नो क्लाउड कम्प्युटिङ्ग प्लेटफर्ममा अनलाइन संचारको पोर्टफोलियो बनाउन इच्छुक रहेको छ। माइक्रोसफ्टले यसअघि पनि टिकटकको अमेरिकी व्यवसाय किन्ने प्रयास गरेको थियो, तर सम्झौता हुन सकेन।
केहि दिनअघि मात्र माइक्रोसफ्ट कर्पले सोशल मीडिया कम्पनी हासिल गर्ने सम्भावित सम्झौताको बारेमा हालैका महिनाहरूमा पिन्टरेस्ट इंकमा सम्पर्क गरेको रिपोर्ट आएको थियो ।
यद्यपि नयाँ मिडिया रिपोर्टले स्पष्ट गर्यो कि दुई कम्पनीहरु बीचको वार्ता बन्द भएको छ। पिन्टरेस्टले यो संकेत गरे कि यो एक स्वतन्त्र कम्पनी बन्न चाहन्छ। यद्यपि यो स्पष्ट छैन कि माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सम्झौताको लागि आफ्नो प्रयास जारी राख्ने छन वा छैनन भनेर।
पछिल्ला दिनहरुमा भर्चुअल अन्तर्क्रियामा सामान्य बदलावले सोशल मिडिया प्लेटफर्ममा बढ्दो परिवर्तन निम्त्यायो भने पिन्टरेस्टलाई पनि फाइदा भयो, यसको मासिक सक्रिय प्रयोगकर्ताहरू चौथो क्वाटरमा ३७ प्रतिशतले बढेर ४५ करोड ९० लाखमा पुगेका छन् ।
कम्पनीले सन् २०२० मा १०० करोड मासिक सक्रिय उपयोगकर्ताहरु थपेर रेकर्ड गरेको बतायो।
सामाजिक मिडिया कम्पनीले प्रयोगकर्ताहरूद्वारा साइटमा अपलोड गरिएको पिन वा पोष्टको छेउमा विज्ञापनहरू राखेर राजस्व आम्दानी गर्दछ। एजेन्सी
प्रकाशित: २ फाल्गुन २०७७, आईतवार