
काठमाडौं ।
पछिल्लो दिनमा विभिन्न स्मार्टफोन कम्पनीहरुले फोल्डेबल फोनहरु ल्याउने क्रम जारी छ । फोल्डेबल फोनको बजारमा सामसङ, मोटोरोला र ह्वावे रहेका छन् जसमध्ये सामसङ सबैभन्दा अगाडी छ।
यसै सिलसिलामा चिनियाँ स्मार्टफोन कम्पनी भिभोले नयाँ फोल्डेबल फोन विकासको तयारी गरिरहेको छ । कम्पनीले हालै दर्ता गरेको पेटेन्ट हेर्दा यो मोटोरोलाको स्टार ट्याक को भन्दा ठिक विपरित डिजाइनमा हुने जस्तै देखिन्छ।
जसमा तल पट्टि एक बाहिरी हिँज राखिएको छ भने प्यानल पछाडीपट्टि बिस्तार हुनेछ।
हालै सो फोल्डेबल फोनको पेटेन्ट सीएनआईपीए (चिनियाँ राष्ट्रिय बौद्धिक सम्पत्ती प्रशासन) मा सूचीबद्ध भएको छ । सो पेटेन्टअनुसार फोनको सबै स्केचहरू बाहिर आएको छ भने हेर्दा भिभोले पछाडि पाँच क्यामरा (पेरिस्कोप लेन्ससहित) राख्ने योजना बनाएको छ जुन स्क्वायर डिजाइनमा अंग्रेजी एक्स अक्षरजस्तै बनाईएको छ। त्यहाँ एलईडी फ्ल्यासको लागि पनि ठाउँ राखिएको छ जुन दायाँपट्टि सानो आकारमा छ।
एक फोल्डेबल डिभाइसको लागि यो असामान्य डिजाइन पेटेन्ट गर्नु भनेको भिभो सो फोन लन्च गर्ने तयारी अवस्थामा छ भन्ने होइन। स्मार्टफोन कम्पनीहरूले विभिन्न डिजाइनहरूको प्रयोग गरी उनीहरूको केही अंशको प्रयोग गरी यसलाई हेर्ने गर्दछन्। एजेन्सी
प्रकाशित: १ फाल्गुन २०७७, शनिबार