गुगलले सर्च पेजका लागि डार्क मोड परीक्षण गर्दै, तपाईंको मनपर्ने थिमसँग मेल खाने

  • Technology Khabar | ३० माघ २०७७, शुक्रबार
गुगलले सर्च पेजका लागि डार्क मोड परीक्षण गर्दै, तपाईंको मनपर्ने थिमसँग मेल खाने

काठमाडौं ।

गुगलले फेरि यसको सर्च पेज(खोज पृष्ठ)को लागि डार्क थिमको परीक्षण गर्दैछ। पछिल्लो समय प्रयोगकर्ताहरूले डार्क थिम देखेको रिपोर्ट गरेका थिए।

विश्वको सबैभन्दा भ्रमण गरिएको पेजको लागि डार्क थिमले तपाईंको मनपर्ने विन्डोज वा म्याकओएसको थिमलाई नै पछ्याउनेछ। यदि तपाईंले लाइटमा सेट गर्नुभयो भने गुगल सर्च पहिलेको जस्तै अपरिवर्तित रहनेछ, यसलाई डार्क थिममा हेर्नको लागि भने डार्क मोड सेट गर्नुपर्नेछ ।

डार्क थिमले पृष्ठभूमिलाई पूर्णतया कालो बनाउँदैन, बरु एकदम गाढा खैरो जस्तै देखाउँछ। यसमा टेक्स्ट कालो रंगबाट सेतोमा परिवर्तन हुन्छन भने पेजमा हुने लिंकहरू नीलो रंगमा देखिन्छन्।

गुगल अझै पनि परीक्षण चरणमा छ त्यसैले तपाईंलाई नयाँ परिवर्तन अझै उपलब्ध नहुन सक्छ। एजेन्सी

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार