ग्लोबल इनोभेशन ड्राइभ गर्नको लागि ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

  • Technology Khabar | २९ माघ २०७७, बिहीबार
ग्लोबल इनोभेशन ड्राइभ गर्नको लागि ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

काठमाडौं ।

चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।

खुला व्यापार नीतिले आपसी बिकासलाई सम्भव बनाउने कुरामा अन्तर्निहित विश्वास रहेको भन्दै रेन झेंगफेईले ग्लोबल आईसीटी इकोसिस्टमको विकास गर्नको लागि ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

खुला व्यापार नीति आह्वान गर्दै रेन झेंगफेईले भने, ‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि उत्तम छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एक्लै वैश्विक उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासहरूको आवश्यकता छ ।’

विश्वव्यापी रूपमा फाइभजीको सम्भावित प्रभावको बारेमा चासो देखाउँदै झेंगफेईले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभजी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । यसले सोर्स कार्यक्रम र सोर्स कोड देखि लिएर सबै गोप्य हार्डवेयर डिजाइन साथसाथै यसका ज्ञान र चिप डिजाइन समावेश गर्ने छ।’

उनकाअनुसार आधुनिक ग्लोबलाइज्ड उद्योग परनिर्भर छ जसलाई खुला सप्लाई चेन र भौगोलिक क्षेत्रका कम्पनीहरूबीच सहयोगको आवश्यकता छ ।

इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको प्रयोग वृद्धि गर्न अग्रणी ग्लोबल आईसीटी सोलुसन प्रदायकको रूपमा ह्वावेले माइनिङ, पोर्ट, फलाम र स्टिल, कोइला जस्ता विविध उद्योगहरूका लागि प्लेटफार्महरू प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गर्ने बताएको छ।

यसका ग्राहकहरूलाई उच्च वर्गका उत्पादनहरू र सोलुसनहरू प्रदान गर्नका लागि प्रतिबद्धता जारी राख्दै ह्वावेले टेलिकम बाहेक नवीनता ईन्जिन फायर गर्दै, विश्वभरिबाट १०० भन्दा बढी अनुसन्धान केन्द्र र संयुक्त प्रयोगशालाहरू सन्चालन गरेको छ जसले गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र सौन्दर्यशास्त्र र खानपान उद्योग जस्ता क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेको जनाएको छ।

प्रकाशित: २९ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार