असुसका दुई ल्यापटपहरु जेनबुक १३ र जेनबुक १४ का नयाँ मोडलहरु सार्वजनिक

  • Technology Khabar | २९ माघ २०७७, बिहीबार
असुसका दुई ल्यापटपहरु जेनबुक १३ र जेनबुक १४ का नयाँ मोडलहरु सार्वजनिक
असुसका ल्यापटपहरु। फाइल तस्बिर

काठमाडौं ।

असुस ल्यापटपको नेपालको लागि आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले असुसको दुई नयाँ ल्यापटप मोडलहरु बिहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।

कम्पनीले बहु प्रतिक्षित ईन्टेलको ११ औं जेनेरेसनका ल्यापटप श्रेणीहरु जेनबुक १३ फ्लिप (यूएक्स ३६३) ३६० ओएलईडी डिस्प्लेको साथ त्यस्तै अत्यन्तै कम वजन १.१ केजी र निकै नै पातलो जेनबुक १३/१४ (यूएक्स ३२५/४२५) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिङ्ग नयाँ डिजाइन, डिस्प्ले स्क्रिन, टचप्याडमै नम्बरप्याडका साथमा कम्तीमा पनि आधा दिनसम्म चल्ने ब्याट्री क्षमता र आजको समयमा निकै नै सरल र महत्वपूर्ण टाइप सी थण्डरबोल्ट चार्जीङ्ग रहेको छ ।

नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक पुस्ताहरु, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु र मल्टिटास्किंग व्यवसयाीहरुको पूर्णताका साथ शिल्प गरिएको असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उत्पादकत्व उजागर गर्न र अधिक क्षमताहरु हासिल गर्न प्रेरित गर्ने कम्पनीको दाबी छ।

यसका अतिरिक्त पछिल्लो बर्ष सार्वजनिक गरेको डुअल स्क्रीन डिस्प्लेको अबधारणा लाई निरन्तरता दिदै यस बर्ष पनि नयाँ स्क्रीनप्याड २.० समावेश भएको जेनबुक १४ (यूएक्स ४३५) सहित ब्राण्डको ख्याति सहित भविश्यको लागि विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु उपलब्ध छन् ।

सार्वजनिक भएको जेनबुक १३ फ्लिप र जेनबुक १४ को बजार मूल्य १ लाख ३३ हजार बाट शुरु हुन्छ ।

प्रकाशित: २९ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार