
काठमाडौं ।
लक्ष्मी बैंकले आयोजना गरेको ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ।
लक्ष्मी बैंकको यो दोस्रो प्रतियोगिता हो। यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो।
जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेश गरेका थिए। सफल भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको बैंकको भनाइ छ।
‘माइ मोबाइल मनि’ प्रतियोगितामा ५ वटा विभिन्न शिर्षक थियो। सहभागीहरुले प्रत्येक शिर्षकमा तिन मिनेटसम्मको १–१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो।
यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल २ लाख ५० हजार सम्म जित्ने अवसर रहेको थियो।
सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट २५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो। साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बीच बराबर भई २ वटै भिडियो बिजेता भएका छन्।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो।
प्रतियोगिताका विजेताहरु
१। बिल भुक्तानी १
लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर
२। बिल भुक्तानी २
विकास त्रपाठी, पोखरा
३। कार्ड सेवा
सन्तोश शाक्य, काठमाडौं
४। कार्ड रहित नगद निस्काषन
भुवन तिवारी, भरतपुर
५। नगद ट्रान्स्फर
छेवाङ गुरुङ, मुस्ताङ
प्रकाशित: २९ माघ २०७७, बिहीबार