
काठमाडौं ।
सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्न नयाँ निर्देशिका ल्याउने बताएको छ ।
सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न सामाजिक सञ्जाल निर्देशिका ल्याउने बताएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्ला दिनहरुमा अदालत, राष्ट्रपति बारे समेत सामाजिक सञ्जाल र केहि अनलाइनमार्फत भ्रामक अभिव्यक्ति गर्ने गरेको र दर्ता बिनै फेसबुक, यूट्यूब जस्ता अनलाइनको विकृत रोक्न सामाजिक सञ्जाल संचालन सम्बन्धि निर्देशिका ल्याउने बताएका हुन् ।
संचारक्षेत्र र संचारमाध्यमलाई अराजकता हुने र अमर्यादित हुने तर्फ सचेत समेत गराउने उनले बताए।
प्रकाशित: २७ माघ २०७७, मंगलवार