
काठमाडौं ।
टेस्ला इंकले बिटक्वाइनमा १.५ अर्ब डलर लगानी गरेको र क्रिप्टोकरन्सीलाई भुक्तानीको रूपमा स्वीकार गर्न सुरु गर्ने आफ्नो इच्छालाई संकेत गरेको छ ।
कम्पनीले बिटक्वाइनमा लगानी गरेसँगै क्रिप्टोकरन्सी मूल्य समेत आकाशिएको छ।
इलेक्ट्रिक कार सेगमेन्टमा मार्केट लिडरले सोमबार एक फाईलिंगमा भनेको छ कि यसले बिटक्वाइनमा बाजी लगाएको छ । गत महिना उसको लगानी नीति अद्यावधिक गरेपछि डिजिटल सम्पत्तिमाका साथै सुन बुलियन र गोल्ड एक्सचेन्ज ट्रेड फन्डमा कम्पनीलाई लगानी गर्न बाटो खुलेको छ।
‘हामी निकट भविष्यमा हाम्रा उत्पादनहरूको लागि भुक्तानीको एक रूपको रूपमा बिटक्वाइन स्वीकार्न सुरु गर्ने अपेक्षा गर्दछौं, लागू कानूनको अधीनमा र प्रारम्भिक सीमित आधारमा,’ टेस्लाले फाइल गरेको डकुमेन्टमा भन्यो।
यो समाचारका साथमा बिटक्वाइनको मूल्य १३ प्रतिशत बढेको छ र यो अहिलेसम्मकै सबैभन्दा धेरै ४३ हजार ७२५ अमेरिकी डलरमा काराोबार भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले प्रायः क्रिप्टोकरन्सी सम्बन्धी विषयहरूको बारेमा ट्वीट गर्ने गरेका छन् र यस महिनाको सुरूमा एक साक्षात्कारमा बिटक्वाइनलाई ‘एक राम्रो कुरा’ भनेका थिए। एजेन्सी
प्रकाशित: २७ माघ २०७७, मंगलवार