शाओमीको नयाँ कन्सेप्ट फोन, कुनै बटन तथा पोर्टहरु नभएको वाटरफल डिस्प्ले डिजाइन

  • Technology Khabar | २३ माघ २०७७, शुक्रबार
शाओमीको नयाँ कन्सेप्ट फोन, कुनै बटन तथा पोर्टहरु नभएको वाटरफल डिस्प्ले डिजाइन

काठमाडौं ।

विश्वको तेस्रो प्रमुख स्मार्टफोन मेकर कम्पनी शाओमीले हालै नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको छ । कम्पनीको यो कन्सेप्ट फोनमा क्वाड-कर्भ्ड वाटरफल डिस्प्ले रहेको छ। यो फोनमा कुनै बटन तथा पोर्टहरु राखिएको छैन् ।

शाओमीले हालै आफ्नो आधिकारिक ट्विटर ह्यान्डल र ब्लगमार्फत नयाँ कन्सेप्ट फोनको बारेमा जानकारी दिएको हो ।

यसअघि कम्पनीले सन् २०१९ मा एमआई अल्फा नामक फोन देखाएको थियो भने हाल नयाँ कन्सेप्ट फोन सार्वजनिक गरेको हो । कम्पनीले यो फोनको नाम हालसम्म तोकेको छैन तर यसमा भएको डिस्प्लेलाई भने ८८ डिग्री हाइपर क्वाड कर्भ्ड स्क्रीन नाम दिएको छ ।

यो स्क्रीन डिजाइनले नयाँ भिजुअल इन्टरफेस प्रदान गर्नेछ, जसमा फोनको सतहमा पानी बगिरहेको महसुस गर्न सकिन्छ ।

फोनको बडी लगभग सबै स्क्रीनबाट कभर गरिएको छ भने यसले भविश्यमा यूनिबडी नो पोर्ट डिजाइन ल्याउन सहयोग गर्ने बताईएको छ।

‘शाओमी कल्पना गर्न र वास्तविकता बीच सबैभन्दा राम्रो सन्तुलन खोज्नको लागी, आविश्कारलाई रोक्दैन। क्लासिक स्मार्टफोन फार्म फ्याक्टरको सीमालाई धकेल्दै, शाओमी ईन्जिनियरहरूले स्मार्टफोनलाई सकेसम्म सजिलो बनाउन र ‘केवल एक स्क्रीन’ फार्म फ्याक्टरलाई जीवनको एक चरणमा ल्याउने प्रयास गरेका छन् ।’ कम्पनीले भनेको छ ।

कम्पनीको यसमा राखिएको ग्लासलाई ८०० डिग्री तापक्रममा तयार पारिएको र हजारौं प्रयासमा एउटा मात्र यस्तो गर्न सकिने दाबी गरेको छ ।

फोनमा अण्डर डिस्प्ले क्यामरा वायरलेस चार्जिङ्ग इसिम चिप्स टच सेन्सरहरु लगायतका प्रविधिहरु राख्न सकिने जनाएको छ ।

हेर्नुस् शाओमीको नयाँ कन्सेप्ट फोन-

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार