नेपाल टेलिकमको एलटिई एडभान्स फोरजी सेवा ६२० स्थानीय तहमा, कुन ठाउँमा पुग्यो सेवा हेर्नुस् सूची

  • Technology Khabar | २३ माघ २०७७, शुक्रबार
नेपाल टेलिकमको एलटिई एडभान्स फोरजी सेवा ६२० स्थानीय तहमा, कुन ठाउँमा पुग्यो सेवा हेर्नुस् सूची
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

दूरसञ्चार कम्पनी नेपाल टेलिकमले देशका ७७ जिल्लामा आफ्नो फोरजी एलटिई सेवा बिस्तार गरेको छ। कम्पनीले देशभर सबै जिल्लामा पुगेको र स्थानिय तहका ६२० स्थानमा फोरजी एलटिई सेवा पुगेको जानकारी दिएको हो।

कम्पनीले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फोरजी एलटिई सेवा ती स्थानहरुमा पुगेको जनाएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशव्यापी रुपमा तीव्र गतिको वायरलेस प्रविधिको एलटिई एडभान्स विस्तारको काम जारी रहेको बताएका छन् ।

‘मुलुकका सम्पूर्ण भूभागमा अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने योजना अन्तर्गत मुलुकमै पहिलो पटक अत्यन्त तीव्र गतिको वायरलेस प्रविधिको एलटिई एडभान्स फोरजी मोबाइल सेवा देशव्यापी रुपमा विस्तार भइरहेको छ । यो सेवा ७७ वटै जिल्लाको ६२० स्थानीय तहसम्म पुगिसकेको छ,’ उनले भने ।

उनले फोरजी सेवा बिस्तारका साथै कम्पनीले फाइभजी सेवाको लागि समेत तयारी गरेको जानकारी दिए ।

कम्पनीको भावी रणनितीहरु सार्वजनिक गर्दै उनले भने, ‘५जी सेवा सञ्चालनको लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने काम गरिनेछ।’

यसअघि नै टेक्नोलोजीखबरसँगको अन्तरवार्तामा समेत सरकारले ५जीको लागि अनुमति दिएमा परीक्षण गर्न तयार रहेको बताएका थिए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समेत बिहिबार आयोजित कार्यक्रममा नेपाल टेलिकमलाई फाइभजी परीक्षणको लागि तयार हुन भनेका थिए ।

कम्पनीले फोरजी सेवा बिस्तार र ५जीको लागि तयारी गरिरहँदा देशका  १०० भन्दा धेरै स्थानीय तहका प्रयोगकर्तासम्म भने अझै फोरजी सेवा पुग्नसकेको छैन् ।

कम्पनीले हाल ६२० स्थानीय तहसम्म फोरजी सेवा पुगेको जानकारी दिएपनि कम्पनीको आधिकारीक वेबसाइटमा भने ७७ जिल्लाको फोरजी सेवा उपल्बध रहेका ५९६ स्थानीय तहको नामावलीसहितको जानकारी राखेको छ ।

फोरजी सेवा पुगेको स्थानीय तहहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

*स्थानीय तहको संख्या सच्याईएको

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...