प्रयोगकर्ताहरूले ‘सैनिक कू’ को विरोध गरेसँगै म्यानमारमा फेसबुक प्रतिबन्ध

  • Technology Khabar | २३ माघ २०७७, शुक्रबार
प्रयोगकर्ताहरूले ‘सैनिक कू’ को विरोध गरेसँगै म्यानमारमा फेसबुक प्रतिबन्ध

काठमाडौं ।

म्यानमारको सरकारले फेसबुकलाई प्रतिबन्ध गरेको छ । हालै सैनिक कू गरेर प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेसँगै सैनिक सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।

प्रयोगकर्ताहरूले यस हप्ताको सैन्य कूको विरोध गर्न फेसबुकका सेवाहरू प्रयोग गरेपछि प्रतिबन्ध लगाईएको हो ।

हाल म्यानमारमा रहेका नेपाली पत्रकार दिपक भट्टराईले समेत सो कुराको पुष्टि गरेका छन् । पत्रकार भट्टराईकाअनुसार हाल सैनिक सञ्चारमाध्यमबाहेक अन्य स‌ञ्चारमाध्यमहरु समेत बन्द गरिएका छन् ।

त्यसैगरि अन्तराष्ट्रिय मिडियाहरुले समेत म्यानमारमा टेलिकम प्रदायकहरूलाई फेसबुकका सेवाहरू रोक्न आदेश दिइएको रिपोर्ट गरेका छन् ।

फेसबुकले भनेको छ, “हामी अधिकारीहरूलाई सम्पर्क पुनर्स्थापना गर्न आग्रह गर्दछौं ताकि म्यानमारका मानिसहरूले परिवार र साथीहरूसँग कुराकानी गर्न सक्दछन् र महत्वपूर्ण सूचनाहरू पहुँच गर्न सक्दछन्।

म्यानमारको सरकारले सेवाहरु आइतवारसम्म अवरुद्ध गर्न आदेश दिएको छ।

सेनाद्धारा बर्खास्त गरिएका निर्वाचित नेता आङ्ग सान सु ची र उनको पार्टीका अन्य सदस्यहरू सहित उनलाई हिरासतमा लिएपछि प्रयोगकर्ताहरूले विरोधको लागि सामाजिक नेटवर्क प्रयोग गरेसँगै यो ब्लक गरिएको हो।

फेसबुकमा प्रयोगकर्ताहरूले आफैंले धमाधम बिरोध प्रदर्शनको साथसाथै विभिन्न विरोधका तस्वीरहरु साझेदारी गरिरहेका थिए, साथसाथै उनीहरुले तीन औंला भएको सलामको चित्र- जुन इशारा यस क्षेत्रमा प्रतिरोधको संकेत गर्ने सेयर गरेका थिए ।

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार