पब्लिक फोरममा ३ अर्ब भन्दा धेरै इमेल र पासवर्डहरु लीक, तपाईँको पनि पर्यो कि

  • Technology Khabar | २३ माघ २०७७, शुक्रबार
पब्लिक फोरममा ३ अर्ब भन्दा धेरै इमेल र पासवर्डहरु लीक, तपाईँको पनि पर्यो कि

काठमाडौं ।

तपाईं पछिल्ला दिनमा ह्याकिङ्गको समाचार नियमित  जस्तै पढ्नुभएको छ । अब फेरि एक अनलाइन ह्याकिङ्ग फोरममा ३ अर्ब भन्दा बढी ईमेल र पासवर्ड लीक भएको दावी गरेको छ। यी सबै डाटा एकै ठाउँमा राखिएको दाबी गरिएको छ।

साइबरन्युज डटकमको एक रिपोर्टका अनुसार यो डाटा लीक नेटफ्लिक्स, लिंक्डइन, बिटक्वाइन जस्ता प्लेटफर्मबाट आएको छ। यस लीकलाई सीओएमबी (Compilation of Many Breaches) नाम दिइएको छ। यसमा ३ अर्ब २० करोड भन्दा बढी लीक डाटालाई आर्काइभ गरीएको र पासवर्ड सुरक्षित कन्टेनरमा राखिएको बताईएको छ।

डाटाबेसबाट गणना भएको count-total.sh, query.sh र sorter.sh लगायतबाट डाटा लीक भएको रिपोर्टमा छ । लीक भएका डाटा पासवर्डका साथ वर्णमाला क्रममा राखिएको छ। यो डाटा लीक २०१७ मा भएको डाटा लीकसँग मिल्दोजुल्दो छ, जसमा १०० करोड भन्दा बढी व्यक्तिको डाटा प्लेन टेक्स्टमा लीक गरिएको थियो। एजेन्सीका साथ

प्रकाशित: २३ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार