यदि तपाईँको स्मार्टफोन पनि चोरी भएको छ भने चिन्तित नहुनुहोस्, यसरी मेटाउनुहोस् डाटा

  • Technology Khabar | २२ माघ २०७७, बिहीबार
यदि तपाईँको स्मार्टफोन पनि चोरी भएको छ भने चिन्तित नहुनुहोस्, यसरी मेटाउनुहोस् डाटा

काठमाडौं ।

आजकल मोबाइल फोन चोरी वा हराउँदा मानिसहरु निकै तनाबमा हुने गर्दछन् ।

फोन चोरीका घटनाहरू विशेष गरी ठूला शहरहरुमा हुने गर्दछन् । फोन चोरी भएपछि हामीलाई सबैभन्दा डर लाग्ने विषय भनेको फोनमा भएको हाम्रो डाटा हो। त्यहाँ व्यक्तिगत फोटोहरू फोनमा हुने गर्दछन्, जुन भाइरल हुने जोखिममा हुन्छ। तर हामी तपाईंलाई यस्तो ट्रिक बताउँदैछौं जुन फोन चोरी भए पनि तपाईंले डाटा मेटाउन सक्नुहुनेछ।

डाटा मेटाउने अनलाइन तरीका

यदि तपाईको फोन कतै चोरी भएको छ भने, त्यस अवस्थामा पनि तपाईँले आफ्नो स्मार्टफोनको डाटा अनलाइनबाट मेटाउन सक्नुहुन्छ। यसको अर्थ फोन तपाईबाट टाढा भए पनि तपाईले यसको डाटा अनलाइनद्धारा मेटाउन सक्नुहुनेछ।

थाहा पाउनुहोस् यो ट्रिक-

१। सर्वप्रथम, कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस्।

२। यहाँ तपाईले अब https://www.google.com/android/find टाइप गर्नुपर्नेछ।

३। अब तपाईले आफ्नो जीमेल आईडी लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको स्मार्टफोनमा पनि प्रयोग गर्नुभएको छ।

४। तपाईंले त्यहाँ प्ले साउण्ड, सिक्योर डिभाइस र इरेज डिभाइसका तीन विकल्पहरू देख्नुहुनेछ।

५। यी फोनहरूको डाटा मेटाउन, तपाईंले इरेज डिभाइस (ERASE DEVICE) मा क्लिक गर्नुहोस्।

६। एक पटक फेरी क्लिक गरेपछि तपाईँले जिमेल पासवर्ड हाल्नुपर्नेछ।

७। यसपछि अब तपाईंको फोनमा इन्टरनेट कनेक्ट भएपछि तपाईं आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ।

प्रकाशित: २२ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...