Technology Khabar २१ माघ २०७७, बुधबार
काठमाडौं ।
सर्च जायन्ट गुगल र सवारी उत्पादक फोर्डबीच रणनीतिक साझेदारी भएको छ । यो सम्झौता अनुरुप फोर्डका सबै कार तथा ट्रकको इन्फोटेन्मेन्ट स्क्रिनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम राखिनेछ।
एन्ड्रोइड अपरेटिङ सिस्टमबाट ड्राइभ-इन भेहिकल नेभिगेसनका लागि गुगल म्याप र एन्ड्रोइड फोन बिना गुगल भ्वाइस असिस्टेन्ट प्रयोग गर्न पाइन्छ ।
सन् २००७ देखि फोर्डका सबै गाडी सिंक सिस्टममा निर्माण हुँदै आइरहेको छ । हालसम्म फोर्डको नयाँ सिस्टममा सिंकको नाम प्रयोग गरिन्छ कि गरिदैन भन्ने विषय प्रष्ट भएको छैन ।
सन् २०२३ देखि फोर्ड कारमा म्यूजिक, अडियोबुक र पोडकास्ट लगायत एप डाउनलोड गर्न गूगल प्ले स्टोरको इन–कार भर्सन उपलब्ध हुनेछ । क्लाउड डाटा स्टोरेजका लागि गुगल फोर्डको सर्भिस प्रोवाइड हुनेछ ।
फोर्ड कस्टमर सर्भिस, उत्पादन र बजारिकरण लगायत आर्टिफिसिल इन्टिलिजेन्सी सुधार गर्न गुगलको डाटा एनालिटिक्सको उपयोग गर्नेछ।
प्रकाशित: २१ माघ २०७७, बुधबार