सन् २०२० मा १४०.३ विलियन अमेरिकी डलरको ल्यापटप बिक्यो, टप थ्री कम्पनी यी हुन्

Technology Khabar २१ माघ २०७७, बुधबार

काठमाडौं ।

सन् २०२० को चौथो त्रैमासिकमा ६० मिलियन ल्यापटप बिक्री भएको छ ।

डिजीटाइम्स रिसर्चका अनुसार चौथो त्रैमासिकमा ६० मिलियन ल्यापटप बिक्री भएको हो । तेस्रो त्रैमासिकको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कोभिड–१९ का कारण घरबाट काम र अनलाईन अध्ययनले गर्दा ल्यापटपको बिक्री बढेको हो ।

केहि मुलुकमा ल्यापटप किन्न सरकारले सहुलियत प्रदान गरेकाले पनि अन्तिम त्रैमासिकमा ल्यापटपको बिक्री दर बढेको हो । डिजीटाइम्स रिसर्चका अनुसार सन् २०२० मा सन् २०१९ को तुलनामा ल्यापटपको बिक्री २५ प्रतिशतले बढेको छ ।

सन् २०२० मा २०१ मिलियन युनिट ल्यापटप बिक्री भएको छ । यस्तो उच्च वृद्धिदर ९ वर्ष अघि हासिल भएको थियो ।

तर सन् २०२१ को पहिलो त्रैमासिकमा भने ल्यापटपको बिक्री दर घट्ने प्रक्षेपण गरिएको छ ।

बजारमा लेनोभो अघि

कोभिड–१९ को कारण ल्यापटपको बजार गुलजार भएको छ । करेनटाइन र लकडाउनका कारण घरबाटै काम र अध्ययन गर्नु पर्ने भएकाले ल्यापटपको बजार बढेको हो । धेरैले अध्ययन तथा कामका लागि नयाँ ल्यापटप खरिद गर्नु परेको छ ।

विगतका वर्ष झैं यस पटक पनि ल्यापटप बिक्रीमा लेनोभो अग्र स्थानमा छ । चिनियाँ कम्पनी लेनोभोले चौथो त्रैमासिकमा ७२.२ मिलियन युनिट ल्यापटप बिक्री गरेको छ ।

दोस्रो स्थानमा रहेको एचपीले ६७.७ मिलियन युनिट ल्यापटप र तेस्रो स्थानमा रहेको डेलले ५०.३ मिलियन युनिट ल्यापटप बिक्री गरेको छ ।

सन् २०२० मा ल्यापटपको बजार १४०.३ विलियन अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा ४.६ विलियन अमेरिकी डलरले बजार बढेको हो ।

प्रकाशित: २१ माघ २०७७, बुधबार

तपाइको प्रतिक्रिया