फेसबुकले प्रयोगकर्ताहरूलाई ‘नागरिक र राजनीतिक’ ग्रुपमा सामेल हुन सिफारिस नगर्ने

  • Technology Khabar | १७ माघ २०७७, शनिबार
फेसबुकले प्रयोगकर्ताहरूलाई ‘नागरिक र राजनीतिक’ ग्रुपमा सामेल हुन सिफारिस नगर्ने

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरूलाई ‘नागरिक र राजनीतिक’ समूहमा सामेल हुन सिफारिस नगर्ने भएको छ । किनकि यसले मानिसका फिडहरूमा राजनीतिक पोष्टहरूको संख्या घटाउने प्रयास गर्ने भएको छ।

यो अमेरिकी चुनावको आसपास यस्तो सामाग्री रोक्नका लागि प्रयोग भएकोमा अब भने अब विश्वभरमा स्थायी नीति हुने बीबीसीले जनाएको छ ।

मार्क जुकरबर्गले लगानीकर्ताहरूसँग फोन कलमा यो परिवर्तन गर्ने घोषणा गरेका हुन् ।

मानिसहरु राजनीति र कब्जामा लिनका लागि झगडा गर्न चाहँदैनन्,’ फेसबुकका बोसले कलमा उनीहरूलाई भने।

फेसबुकले यस अघिसम्म ‘ज्वाइन दिस ग्रुप’ भन्दै विभिन्न ग्रुपमा जोडिनका लागि सुझाउँदै आएको थियो ।

तर, अब भने त्यस्तो गतिबिधी फेसबुकले बन्द गर्ने भएको हो ।

प्रकाशित: १७ माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार