युट्युबद्धारा कन्टेन्ट क्रिएटरहरुलाई करीव ३० अरब डलर भुक्तान

  • Technology Khabar | १७ माघ २०७७, शनिबार
युट्युबद्धारा कन्टेन्ट क्रिएटरहरुलाई करीव ३० अरब डलर भुक्तान

काठमाडौं ।

पछिल्ला तीन बर्षमा, युट्युबले कन्टेन्ट क्रिएटर (सिर्जनाकर्ताहरू, कलाकारहरू र मिडिया संगठनहरू) लाई करीव ३० अरब डलर भुक्तान गरेको छ।

कम्पनीकि सिईओ सुसान वोज्कीले एक पत्रमार्फत यो जानकारी दिएकी हुन्। उनले भनिन कि कम्पनीको पार्टनर प्रोग्राममा सामेल हुने नयाँ च्यानलहरूको राजस्व बढेको छ। उसको राजस्व आम्दानी झन्डै दोब्बर भएको छ।

अक्सफोर्ड इकोनोमिक्सको एक रिपोर्टका अनुसार, युट्युबले अमेरिकाको जिडिपीमा करीव १६ अर्ब डलर योगदान गरेको छ। यो ३ लाख ४७ हजार पूर्ण समय रोजगारको बराबर हो।

बोज्कीले एक पत्रमा लेखिन कि यूट्यूब टीमले पारदर्शिता, कन्टेन्ट स्ट्राइक र विज्ञापनबाट हुने डलर आम्दानीमा ध्यान दिन्छ। हामी जुन हिसाबले विषयहरु संचालन गरिरहेका छौं त्यसमा कम्युनिटीका लागि दिशा निर्देशनहरू परिवर्तन गरिरहन कठिन छ। कुनै च्यानलमा ९० दिन भित्र ३ स्ट्राइक आएमा त्यसपछि त्यो बन्द हुन्छ। युट्युबले जब प्रतिलिपि अधिकारयुक्त सामाग्री प्रयोग गरिन्छ त्यसबेला स्ट्राइक पठाउँछ।

उदाहरण दिँदै कम्पनीले भन्यो कि अमेरिकी राष्ट्रपति चुनावमा मतदातालाई धोखाधडीको बारेमा गलत जानकारी भएको एक भिडियो आएको थियो। यस्तो अवस्थामा, त्यो च्यानल नीति उल्लंघनको कारण बन्द भएको थियो। एजेन्सी

प्रकाशित: १७ माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...