एप्पलले जारी गर्यो आईओएस १४.४ अपग्रेड, अब आईफोन ह्याक नहुने

Technology Khabar १७ माघ २०७७, शनिबार

काठमाडौं ।

एप्पलले आईओएसको नयाँ भर्सन अपग्रेड सुरु गरेको छ । एप्पलले आफ्नो ग्राहकलाई ह्याकरबाट बचाउन र आईफोनलाई सुरक्षित पार्न नयाँ आईओएस अपग्रेड दिएको हो ।

यस अघि ह्याकरहरुले आईओएस ह्याक गर्न सफल भएका थिए । नयाँ अपडेट पछि सो कमजोरी एप्पलले पूर्ण रुपमा समाधान गरेको हो । नयाँ अपडेटले विभिन्न बगहरुलाई समाधान समेत गरेको छ ।

एप्पलले आईफोन, आईप्याडका लागि आईओएस १४.४ र आईप्याडओएस १४.४ अपडेटका सथौ होमप्याड मिनी स्पिकरको अपडेट सुचारु गरेको छ । एप्पलले वाचओएस ७.३ र ब्ल्याक यूनिटी बाच सिरिज–६ पनि जारी गरेको छ ।

एप्पल आईफोनमा समस्या

नयाँ अपडेटका कारण आईफोन प्रयोगकर्ताले केहि समस्या भोग्नु परेको छ । एप्पलले जारी गरेको अपडेट आईओएस १४.४ का कारण आईफोन १२ सिरिजका प्रयोगकर्ताको क्यामरामा समस्या देखिएको छ । यसका साथै आईफोन १२ प्रो प्रयोगकर्ताको एचडीआर फोटो सम्बन्धी समस्या नयाँ अपडेटबाट ठिक गरिएको छ ।

ढिलो टाइपिङ हुने, डिफल्ट आईफोन र आईप्याड किबोर्डमा सुझाव शब्द देखिने समस्या पनि हल भएको छ । यस अपडेटबाट फिटनेस वीजीटका प्रयोगकर्तालाई अपडेटेड डाटा नदेखिने समस्या पनि समाधान गरिएको छ ।

 

प्रकाशित: १७ माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया