एप्पलले आफ्नो उत्पादनलाई चीन बाहिर बिस्तार गर्दै, भारतमा आईफोन १२ एसेम्बल गर्ने

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार
एप्पलले आफ्नो उत्पादनलाई चीन बाहिर बिस्तार गर्दै, भारतमा आईफोन १२ एसेम्बल गर्ने

काठमाडौं ।

आईफोन निर्माता कम्पनी एप्पलले आईफोन, आईप्याड, म्याकबुक बाहेक अन्य महत्वपूर्ण उत्पादनहरू चीन बाहिर गर्ने रिपोर्ट आएको छ। एप्पलले भारतमा आफ्नो पहिलो ५जी स्मार्टफोन श्रृंखला आईफोन १२ को उत्पादन सुरु गर्न सक्दछ।

समाचारका अनुसार आईप्याडको निर्माण यस वर्ष भियतनाममा सुरु हुन सक्छ। यो पहिलो पटक हुनेछ जब एप्पलले चीन बाहिर आफ्नो उपकरण बनाउने छ। भियतनाम बाहेक एप्पलले भारतमा आईफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ। यस त्रैमासिकमा आईफोन १२ सीरीज फोनको निर्माण सुरु हुन सक्ने रिपोर्टहरू पनि छन्। एप्पलको डिभाइसका लागि भारत दोस्रो ठूलो उत्पादन आधार बन्न सक्छ।

यसै समयमा अमेरिकी कम्पनी एप्पलले दक्षिण पूर्व एशियाका धेरै भागमा आफ्नो स्मार्ट स्पिकर, इयरफोन र म्याक बनाउने क्षमता पनि बृद्धि गर्दैछ। यी उत्पादनले सन् २०२१ मा तिब्रता लिन सक्ने बताईएको छ। यद्यपि अर्कोतर्फ अमेरिकामा नयाँ सरकार आएसँगै चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ। एजेन्सी

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...