राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने

  • Technology Khabar | १६ माघ २०७७, शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर तथा राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोवाइल एपबाटै राजस्व तिर्ने ब्यवस्था मिलाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यस सम्बन्धी सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले र खल्तीका अमित अग्रवालले हस्ताक्षर गरे।

सम्झौतापछि करदाताले खल्ती मोवाइल वालेटबाट आन्तरिक राजस्व विभाग अन्तर्गतका सबै राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय करलगायतका सबै प्रकारका सेवा शुल्क सहजै रकम भुक्तानी गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अरू कर तथा राजस्व पनि खल्तीबाटै भुक्तानी गर्न सकिने जनाएको छ ।

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार