हालसम्म १२ अर्ब रूपैयाँ बराबरको अप्टिकल फाइबर केबल आयात

  • Technology Khabar | १५ माघ २०७७, बिहीबार
हालसम्म १२ अर्ब रूपैयाँ बराबरको अप्टिकल फाइबर केबल आयात

काठमाडौं ।

दूरसञ्चार सेवाको प्रयोगको लागि नेपालमा हालसम्म १२ अर्ब रूपैयाँ बराबरको अप्टिकल फाइबर केबल आयात गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग बिहिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले नेपालले हालसम्म १२ अर्ब रुपैयाँको अप्टिकल फाइबर आयात गरिएको जानकारी दिएका हुन्।

उनले भन्सार विभागको तथ्यांकलाई आधार मान्दै अप्टिकल फाइबर बाहेक ६ अर्ब रूपैयाँ बराबरको फाइबर केबल विस्तारमा प्रयोग हुने उपकरणहरु आयात गरिएको बताए ।

इन्टरनेट सेवा प्रदायकहरुले देशभर प्रत्येक वर्ष अव्यवस्थित तारलाई व्यवस्थापन गर्न थप फाइबर केबलमा एक अर्ब रूपैयाँ खर्च गर्ने गरेको जानकारी समेत सो अवसरमा दिइएको थियो।

यस्तै आर्थिक वर्ष २०७५।७६ र आर्थिक वर्ष ०७६।७७ मा क्रमश १ अर्ब ७२ करोड तथा १ अर्ब ७० करोड रुपैयाँ बराबरको फाइबर केवल आयात गरिएको आइस्पानका अध्यक्ष पराजुलीले उल्लेख गरे ।

यसका साथै प्रति वर्ष फाइबर बिस्तार गर्न प्रयोग हुने उपकरणहरुमा लगभग ५० करोड रकम खर्च भईरहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

प्रकाशित: १५ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...