Technology Khabar १५ माघ २०७७, बिहीबार
काठमाडौं ।
एप्पलले सन् २०२१ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले अक्टोबर, नोभेम्बर र डिसेम्बर त्रैमासिकमा दुई महत्वपूर्ण कोसेढुंगा प्राप्त गरेको छ।
कम्पनीको इतिहासमा पहिलो पटक १०० विलियन अमेरिकी डलर बराबरको रेभेन्यु प्राप्त गरेको छ । साथै एप्पलका सक्रिय प्रयोगकर्ता एक विलियन पुगेका छन् ।
पहिलो त्रैमासिकमा एप्पलले १११.४४ विलियन अमेरिकी डलर रेभेन्यु उठाएको छ । जसमा २८.६ विलियन अमेरिकी डलर नाफा कमाएको छ । सन् २०२० को पहिलो त्रैमासिकमा एप्पलले ९१.८ विलियन अमेरिकी डलर रेभेन्यु संकलन गरेको थियो । २२.२ विलियन अमेरिकी डलर नाफा कमएको थियो ।
सन् २०२१ को पहिलो त्रैमासिकमा एप्पलले केहि नयाँ उत्पादन बजारमा उपलब्ध गराएको थियो । आईप्याड एयर, नयाँ एम१ म्याकबुक, म्याक मिनी, चार वटा नयाँ फाइभजी आईफोन १२ सिरिज सार्वजनिक गरेको छ ।
सन् २०२१ को पहिलो त्रैमासिकमा एप्पपले आईफोनबाट ६५.६ विलियन अमेरिकी डलर, सर्भिसबाट १६.७६ विलियन अमेरिकी डलर, म्याकबाट ८.६८ विलियन अमेरिकी डलर, वेयरेवल, होम र एसेसिरिजबाट १२.९७ विलियन अमेरिकी डलर र आईप्याडबाट ८.४४ विलियन अमेरिकी डलर बराबरको रेभेन्यु उठाएको छ।
प्रकाशित: १५ माघ २०७७, बिहीबार