
काठमाडौं ।
माइक्रोसफ्टले आफ्नो एक्सबक्स गेमिङ्ग कन्सोलको माग उच्च मात्रामा बढेको बताएको छ । अमेरिकी टेक जायन्टको भाग्य कोरोना महामारीले खोलिदिएको देखिएको छ ।
यसका साथै घरबाटै अनलाइन कक्षा र वर्क फ्रम होमका कारण कम्पनीको क्लाउड कम्प्युटिङ्ग सेवाले पनि बढावा पाएको छ।
यो फाइदाका कारण फर्मको समग्र राजस्व १७ प्रतिशतले रेकर्ड वृद्धि भएको छ जसले गर्दा आम्दानी ४३.१ बिलियन डलरको रेकर्डमा पुगेको छ।
तर यसको आम्दानीमा बृद्धि त्यसबेला भएको थियो जब भाइरसले अन्य उद्योगहरूमा निरन्तर असर पारिरहेको छ । कम्पनीको एक्सबक्स गेम पास सर्भिसले मात्र १ करोड ८० लाख सदस्यता प्राप्त गरेको छ जबकी यसअघि सेप्टेम्बरमा यस्तो १ करोड ५० लाख मात्र रहेको थियो ।
यो सर्भिसअन्तरगत प्रयोगकर्ताले मासिक ९।९९ डलरमा १०० भन्दा बढि गेमिङ्गहरुमा पहुँच प्राप्त गर्दछन् ।
माइक्रोसफ्टका सिईओ सत्य नाडेलाले भने कि मानिसहरुको व्यवहारमा दीर्घकालीन परिवर्तनबाट फर्म लाभान्वित भइरहेको छ।
‘हामीले गत बर्षमा जे देख्यौं त्यो भनेको प्रत्येक कम्पनी र हरेक उद्योगमा डिजिटल परिवर्तनको दोस्रो लहरको बिहानी हो,’ उनले भने।
एक्सबक्सको बिक्री तीन महिनामा ३१ डिसेम्बरसम्ममा ४० प्रतिशतले बढेको छ भने अजुर सेवाहरू ५० प्रतिशत बढ्यो।
उनले एक्सबक्स सिरिज एक्स र एसको बिक्री र सफलता कम्पनीको इतिहासमा नै पहिलोपटक एतिहासिक भएको बताए ।
कम्पनीकाअनुसार अघिल्लो वर्षको त्रैमासको तुलनामा यो वर्षको त्रैमासमा ३३ प्रतिशतले वृद्धि भएको छ । एजेन्सी
प्रकाशित: १४ माघ २०७७, बुधबार