२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको लागि समझदारीपत्रमा हस्ताक्षर

  • Technology Khabar | १३ माघ २०७७, मंगलवार
२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।

नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्र मा आज मंगलबार हस्ताक्षर भयो ।

समझदारीपत्रका अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ ।

लगानी बोर्ड कार्यालयमा सम्पन्न समझदारीपत्र मा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ्ग क्यूईले हस्ताक्षर गरे।

समझदारी पत्रअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डिएफएआआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई डिएफएआआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

प्रकाशित: १३ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार