अमेरिकाका सरकारी सवारीसाधनहरु इलेक्ट्रिक सवारीबाट प्रतिस्थापन गरिने

  • Technology Khabar | १३ माघ २०७७, मंगलवार
अमेरिकाका सरकारी सवारीसाधनहरु इलेक्ट्रिक सवारीबाट प्रतिस्थापन गरिने

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सरकारी सवारी साधनलाई विद्युतीय सवारीबाट प्रतिस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । अमेरिकामा हाल करिब साढे ६ लाख सरकारी सवारी छन् ।

बाइडेनको उक्त निर्णयले अमेरिकाको नयाँ प्रशासनको ध्यान ‘क्लिन इनर्जी’ मा केन्द्रित भएको देखिन्छ ।

‘संघीय सरकारसँग ठूलो परिणाममा सवारीसाधन छ । जसलाई हामी क्लिन इलेक्ट्रिक सवारीबाट प्रतिस्थापन गर्नेछौं । जुन सवारी अमेरिकी जनताले अमेरिकामै बनाएका हुनेछ’, सोमबार बाइडेनले भने ।

बाइडेनले हालका नियमको आलोचना पनि गरेका छन् । जसमा अमेरिकामै बनेको सवारीसाधन सरकारले खरिद गर्नुपर्छ भनिएको छ । तर ती सवारीसाधनहरु विदेशबाट आयात गरिएका कम्पोनेन्टबाट अमेरिकामा निर्माण गरिएका हुन् ।

बाइडेनले भनेकी उनी ती ‘लुपहोल’ बन्द गर्ने छन्, जसले इन्जिन, स्टील र ग्लास लगायत विदेशमा उत्पादन गरिएका पूर्जा जडान गरेर अमेरिकी उत्पादन भएको दाबी गर्छन्।

ह्वाइट हाउसले बाइडेनले कहिलेसम्म सवारीसाधनलाई इलेक्ट्रिक सवारीबाट प्रतिस्थापन गर्ने छन् भन्ने प्रश्नको उत्तर भने दिएको छैन । ती सवारी प्रतिस्थापना गर्न करिब २० विलियन अमेरिकी डलरभन्दा धेरै खर्च लाग्ने अनुमान गरिएको छ ।

बाइडेनको ‘बाई अमेरिका’ कार्यकारी आदेशमा सोमबार हस्ताक्षर गरेका छन् । यसले इलेक्ट्रिक सवारी खरीदलाई निर्देशित गर्दैन्। सन् २०१९ मा अमेरिकी सरकारको स्वामित्वमा रहेको ६ लाख ४५ हजार सवारीसाधन ४.५ विलियन माईल गुडेको थियो । ३७५ मिलियन इन्धन खपत गरेको थियो जनरल सर्भिस एडमिनिस्ट्रेसन (जीएसए)ले उल्लेख गरेको छ ।

सन् २०१९ मा सरकारी सवारीसाधनमा अमेरिकाले ४.४ विलियन अमेरिकी डलर खर्च गरेको पनि जीएसएमा उल्लेख छ । सन् २०२० को जुलाईसम्म अमेरिकी सरकारले ३२१५ वटा इलेक्ट्रिक सवारी प्रयोगमा ल्याएको छ ।

प्रकाशित: १३ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार