लोकसेवाको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने

  • Technology Khabar | १२ माघ २०७७, सोमबार
लोकसेवाको विज्ञापन आवेदन शुल्क खल्ती मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने

काठमाडौं ।

लोक सेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ ।

लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ ।

अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ । पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ ।

खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १२ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...