
काठमाडौं ।
भारतमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले फेसबुकबाट डाटा चोरीको घटनामा क्याम्ब्रिज एनालिटिकामाथि मुद्धा दायर गरेको छ ।
क्याम्ब्रिज एनालिटिकामाथि आरोप छ कि कम्पनीले ५.६२ लाख लाख भारतीय प्रयोगकर्ताहरुको फेसबुक डाटा चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका ब्रिटेनको कम्पनी हो र यसले राजनीतिक परामर्श दिने काम गर्दछ।
अनुसन्धान एन्जेन्सीले यो केसमा भारत बाहिरको एक अर्को कम्पनी ग्लोबल साइंस रिसर्च (जीएसआरएल) लाई पनि मुद्धा हालेको छ। यसअघि नै
भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले फेसबुक-क्याम्ब्रिज एनालिटिका डाटा चोरी भएको घटनाको जाँच सीबीआईले गर्ने संसदमा बताएका थिए।
सीबीआईले यस बारेमा ग्लोबल साइंस रिसर्चले भारतका ५.६२ लाख फेसबुक यूजरका डाटा चोरेको र यो क्याम्ब्रिज एनालिटिकासँग साझा गरीएको जानकारी पाएको थियो। क्याम्ब्रिज एनालिटिकाले सो डाटा को प्रयोग भारतमा हुने चुनावमा गरिएको आरोप लगाईएको छ ।
मार्च २०१८ मा, धेरै अन्तर्राष्ट्रिय मिडिया प्लेटफर्मले क्याम्ब्रिज एनालिटिकाका पूर्व कर्मचारीहरू, सहयोगीहरू र कागजातहरूलाई उद्धृत गर्दै फर्मले उनीहरूको अनुमति बिना ५ करोड भन्दा बढी प्रयोगकर्ताहरूको फेसबुक प्रोफाइलबाट व्यक्तिगत जानकारी संकलन गरेको रिपोर्ट गरेका थिए । एजेन्सीका साथ
प्रकाशित: ९ माघ २०७७, शुक्रबार