पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल

  • Technology Khabar | ८ माघ २०७७, बिहीबार
पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता आजबाट सुरु, नेपालको प्रतिनिधित्व गर्दै एएसएल

काठमाडौं ।

पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) फाइनल आज बिहीबारदेखि सुरु हुँदैछ ।

फाइनल २०२१ को जनवरी २१ देखि २४ तारिखमा हुँदैछ । यस प्रतियोगितमा नेपालको प्रतिनिधित्व गर्दै एबरप्ट स्लेयर्स (एएसएल) पब्जी पीएमजीसी खेल्दैछ ।

सन् २०२० को नोभेम्बर २४ देखि डिसेम्बर २० तारिखसम्म सञ्चालन भएको पीएमजीसीको ग्रुप चरणमा १० औं स्थान ओगट्दै एएसएल फाइनलको लागि छनोट भएको हो ।

पीएमजीसीको ग्रुप चरणमा २४ टिमको सहभागिता थियो । यो प्रतियोगिता चार दिनसम्म खेलिनेछ । एक दिनमा ६ वटा खेल हुनेछ।

यस अघि यो प्रतियोगिता दुबईमा ल्यान हुने चर्चा थियो । तर कोभिडका कारण सहभागी सबै टिम दुबई आउन सम्भव भएन । तर लिग चरण जस्तै फाइनल पनि अनलाईन नै हुनेछ। तर नेपाली टिम यसअघि नै दुबई पुगेर वार्मअप गरिसकेको छ भने दुबईबाट नै प्रतियोगितामा सहभागी हुनेछ ।

ग्रुप चरणमा उत्कृष्ट १६ मा स्थान बनाउन सफल भएका टिमबीच फाइनल चरणको खेल हुनेछ । पीएमजीसी प्रतियोगिताको कुल रकम दुई मिलियन अमेरिकी डलर अर्थात २३ करोड ३२ लाख ४० हजार रुपैयाँ थियो ।

लिग चरणका २४ टिमलाई ७ लाख ६९ हजार अमेरिकी डलर अर्थात आठ करोड ९६ लाख ८० हजार रुपैयाँ लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा दसौं स्थान ओगट्दै एएसएलले आठ हजार अमेरिकी डलर अर्थात ९ लाख ३२ हजार ९६० रुपैयाँ जितेको थियो ।

अब एएसएल १२ मिलियन अमेरिकी डलर अर्थात १३ करोड ९९ लाख ४४ हजार रपैयाँ कुल पुरस्कार राशिका लागि भिड्दै छ । यो प्रतियोगिता जित्ने टिमले ७ लाख अमेरिकी डलर पाउने छ ।

दोस्रोले दुई लाख अमेरिकी डलर, तेस्रोले एक लाख अमेरिकी डलर, चौथोले ४० हजार अमेरिकी डलर, पाँचौले २५ हजार अमेरिकी डलर, छैठौंले २० हजार अमेरिकी डलर, सातौंले १७ हजार अमेरिकी डलर, आठौंले १५ हजार अमेरिकी डलर, नवौंले १२ हजार अमेरिकी डलर, १० औं स्थान ओगट्नेले ११ हजार अमेरिकी डलर पाउनेछन् ।

११, १२ र १३ औं स्थान रहने टिमले समान १० हजार अमेरिकी डलर पाउनेछन् भने, १४ देखि १६ औं स्थान ओगट्ने टिमले ५ हजार अमेरिकी डलर पाउनेछ ।

यो प्रतियोगितामा सबैभन्दा धेरै किल गरे ‘मस्ट भ्यालुबेल प्लेयर (एमभीपी)’ बन्नेले १५ हजार अमेरिकी डलर पाउनेछ ।

प्रकाशित: ८ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...