स्मार्टफोन ट्रिक्सः तपाईंलाई थाहा नभएका यी फीचर्सहरू, सिम्पल टिप्स र ट्रिक्सबाट बदल्नुहोस् एक्सपिरियन्स

  • Technology Khabar | ८ माघ २०७७, बिहीबार
स्मार्टफोन ट्रिक्सः तपाईंलाई थाहा नभएका यी फीचर्सहरू, सिम्पल टिप्स र ट्रिक्सबाट बदल्नुहोस् एक्सपिरियन्स

काठमाडौं ।

आजकल स्मार्टफोन हाम्रो जिन्दगीको हिस्सा बनिसकेको छ। यो बिना हाम्रा धेरै कामहरु  राेकिनसक्ने छन्। स्मार्टफोनमार्फत अब हामी सबै कारोबार समेत गरिरहेका छौं । एडभान्स टेक्नोलोजीयुक्त स्मार्टफोन्समा धेरै जसो फिचर्सहरू हुन्छन् जसको बारेमा हामीलाई थाहा हुँदैन। यसमा पर्याप्त यूजफूल फिचरहरु छन् तर हामी यो विषयलाई ध्यान दिईरहेका हुँदैनौं। आज हामी तपाइँको ध्यानहरूमा केही त्यस्तै फिचर्सको बारेमा बताउन चाहन्छौं। आउनुहोस् यी फिचर्सको बारेमा जानौं ।

कल लगहरूलाई यसरी नियन्त्रण गर्नुस्
कहिलेकाँही हाम्रा फ्यामिली मेम्बर्स वा साथीहरुले जानकारी नै नहुनेगरि फोनबाट कुनै सीक्रेट नम्बरमा कल गर्दछन्। यदि तपाईं तपाईंको फोनबाट कुनै पनि कलहरू बिना जानकारी नहुन भनेर चाहानुहुन्छ भने हामी एक ट्रिकको बारे बताउँछौं। कल लग्स ब्लक गर्न *#31# डायल गर्न सकिन्छ। त्यस पछि तपाईंको फोनबाट कुनै कल जाने छैन। यो सेवालाई डिसेबल गर्न  चाहनुहुन्छ भने #31# डायल गरेर यो डिसेबल गर्न सक्नुहुन्छ।

अनावश्यक नोटिफिक्सेन्सहरूबाट छुटकारा
हाम्रा फोनहरूमा धेरै चोटि यस्ता नोटिफिकेशन्स आउने गर्दछन् जसले बारम्बार इरिटेड गर्दछन्। यदि तपाइँ नोटिफिकेशन्सबाट मुक्त हुन चाहानुहुन्छ भने एउटा सिम्पल प्रोसेसलाई पुरा गर्न आवश्यक छ। नोटिफिकेशन्सलाई बन्द गर्न सेटिंग्स मा गएर नोटिफिकेशन्समा जानुहोस्। त्यसपश्चात तपाईँ जून एपको नोटिफिकेशन्स बन्द गर्न चाहानुहुन्छ त्यसलाई सेलेक्ट गर्न सक्नुहुन्छ।

रमाइलो टेस्ट मोड
हाम्रो स्मार्टफोनमा भएको टेस्ट मोड मज्जाको छ। यसको माध्यमबाट हाम्रो फोनको तमाम वस्तुहरू जस्तै डिस्प्ले, स्पिकर्स, सेन्सरहरू आदि सबैले ठिकसँग काम गरिरहेका छन् वा छैनन भनेर जाँच गर्न सकिन्छ। एउटा सिक्रेट कोडको मद्दतले टेस्ट मोड ओपन गर्न सकिन्छ । यसको लागि फोनमा *#0*# डायल गर्नुहोस्। यो कोड हालेसँगै तपाईको स्क्रीनमा धेरै अप्सनहरु देखिनेछ । अब तपाईँले जसको बारेमा जान्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् । यो त्यतिबेला एकदम काम लाग्दछ जब तपाई कुनै सेकेन्डह्याण्ड फोन खरीद गर्नुहुन्छ।

प्रकाशित: ८ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...