रेडमी के४० मा स्न्यापड्रागन ८८८ चिपसेट नराखिने, सस्तो मूल्यमा पावरफूल फोन ल्याउँदै

  • Technology Khabar | ६ माघ २०७७, मंगलवार
रेडमी के४० मा स्न्यापड्रागन ८८८ चिपसेट नराखिने, सस्तो मूल्यमा पावरफूल फोन ल्याउँदै
रेडमी के३० अल्ट्रा

काठमाडौं ।

रेडमी के४० अर्को महिना सार्वजनिक हुनेछ । रेडमी के४० स्न्यापड्रागन ८८८ चिपसेटमा बजारमा आउने चर्चा थियो । कम्पनीका लु वेइबिङ्गले यसअघि स्न्यापड्रागन ८८८ चिपसेटमा रेडमी के४० ल्याउने बताएका थिए तर नयाँ रिर्पोटका अनुसार रेडमी के४० स्न्यापड्रागन ८६५ चिपसेटमा आउने भएको छ।

यसमा फेस टु फेस होल पन्च स्क्रिन डिजाइन र स्मल फ्रन्ट फेसिङ ओपनिङ डायमिटर हुनेछ ।

एम८२५० चिप स्न्यापड्रागन ८६५ को विशेष संस्करण हो । यसको कार्य प्रदर्शन अधिक शक्तिशाली हुनेछ । अघिल्लो रिर्पोटका अनुसार यस चिपलाई ‘स्न्यापड्रागन ८७०’ नाम दिने उल्लेख थियो ।

यसले स्न्यापड्रागन ८६५ को जस्तै प्रोसेसर र आर्किटेक्चर प्रयोग गरेको हुन्छ । तर सीपीयू कोर ३.२ गिगाहर्जमा बढाइएको छ भने जीपीयूको कार्यक्षमता पनि उल्लेखनिय सुधार गरिएको छ ।

यस स्न्यापड्रागन ८७० को गीगबेन्चमा परीक्षण गर्दा सिंगल कोरमा १०३४ र मल्टी कोर परीक्षणमा ३५१३ रनिङ स्कोर प्राप्त गरेको छ । यसको कार्य क्षमता स्न्यापड्रागन ८६५ भन्दा उच्च र समकालिन स्न्यापड्रागन ८८८ को हाराहारी रहेको छ ।

क्वालकमले सब–फ्ल्यागसिप फोनहरुका लागि स्न्यापड्रागन ८७० ल्याएको हो । यो फोनमा १२० हर्जको रिफ्रेस रेट भएको डिस्प्ले हुनेछ । त्यसैगरि फोनमा ३७ घण्टासम्म निरन्तर चल्ने ब्याट्री प्याक हुनेछ ।

यो फोन धेरै भेरिएन्टमा आउने अनुमान गरिएको छ । जसमा क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट तथा स्न्यापड्रागन ८७० चिपसेटसहितका फोन हुनेछन् । स्न्यापड्रागन ८८८ चिपसेट भएको फोनको मूल्य २,९९९ यूआन अर्थात करिब ४६२ डलर तथा  स्न्यापड्रागन ८७० चिपसेट भएको रेडमी के४० त्यो भन्दा सस्तो मूल्यमा आउनेछ । एजेन्सी

रेडमी के३० प्रो र जूम एडिसन स्मार्टफोन सार्वजनिक, स्न्यापड्रागन ८६५ प्रोसेसर र ६४ मेगापिक्सेल क्यामरा

प्रकाशित: ६ माघ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार