
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम समयमा पनि चिनियाँ कम्पनीसँग कडाईका साथ प्रस्तुत भइरहेका छन् । सोमबार उनले अमेरिकामा चिनियाँ ड्रोनको सूरक्षा जोखिम मूल्यांकन गर्ने सम्बन्धमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
चिनियाँ ड्रोनले अमेरिकाको सूरक्षामा कुनै प्रकारको जोखिम ल्याउन सक्ने खतरा देखिएमा त्यस्ता ड्रोन निर्माता कम्पनीलाई हटाउन प्राथमिकता दिन सरकारी अधिकारीलाई निर्देशन दिएका हुन् ।
ट्रम्पले सबै सरकारी निकायलाई चीन, रुस, इरान र उत्तर कोरियालगायत अमेरिकाका विरोधी देशहरुमा निर्मित ड्रोनबाट अमेरिकामा उत्पन्न हुने सुरक्षा जोखिमको रुपरेखा बनाउन निर्देशन दिएका हुन् ।
अघिल्लो महिना अमेरिकाको वाणिज्य विभागले विश्वकै ठूलो ड्रोन निर्मातामध्येको चीनको एसजेट डीजेआई टेक्नोलोजीलाई कालो सूचिमा राखेको थियो । एजेन्सी
सम्बन्धित-
प्रकाशित: ६ माघ २०७७, मंगलवार