राष्ट्रिय सूचना प्रविधि केन्द्रले बाँकेको कोहलपुरमा नयाँ डाटा सेन्टर बनाउने

  • Technology Khabar | ५ माघ २०७७, सोमबार

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटिसी)ले बाँकेको कोहलपुरमा नयाँ डाटा सेन्टर स्थापना गर्ने भएको छ । सरकारी निकायहरुको डाटा केन्द्रहरु संचालन गर्ने निकायको रुपमा रहेको एनआईटिसीले पश्चिम क्षेत्रका सरकारी निकायहरुलाई ध्यानमा राखेर नयाँ डाटा सेन्टर निर्माण गर्न लागेको हो।

एनआईटिसीकाअनुसार हाल सो डाटा सेन्टरको लागि बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको करिब ८५०० वर्गफिट जग्गा लिईसकेको छ । सोहि जग्गामा आगामी दिनमा डाटा सेन्टर बनाउने केन्द्रका सहायक निर्देशक तथा प्रवक्ता रमेश कुमार पोखरेलले जानकारी दिए ।

‘पश्चिम क्षेत्रबाट इन्टरनेट कनेक्सनको लागि डार्क फाइबर समेत जोडिने गरि कोहलपुरमा डाटा सेन्टर बनाउने योजना छ । डाटा सेन्टरको लागि जग्गा लिईसकेका छौं,’ पोखरेलले टेक्नोलोजीखबरसँग भने ।

उनले आगामी दिनमा बजेट आएसँगै सो स्थानमा नयाँ डाटा सेन्टर बनाउने बताए । सो डाटा सेन्टर अत्याधुनिक प्रविधियुक्त हुने र यसको लागि बहु वर्षिय योजनाअन्तरगत काम गर्ने जानकारी दिए ।

केन्द्रकाअनुसार बुटवलमा समेत नयाँ डाटा सेन्टर राख्नका लागि जग्गा खोजी गरिँदैछ।

प्रकाशित: ५ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार