नयाँ बसपार्कमा बसको टिकटको भुक्तानी क्यूआरबाट गर्न सकिने

  • Technology Khabar | ४ माघ २०७७, आईतवार
नयाँ बसपार्कमा बसको टिकटको भुक्तानी क्यूआरबाट गर्न सकिने

काठमाडौं ।

लक्ष्मी बैंकले लोत्से बहुउदेश्यीय प्रालिसँगको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ ।

क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा ततकाल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।

क्यूआरले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैंकले लिएको छ ।

प्रकाशित: ४ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...