
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजित पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ।
काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन्।
त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुनेछ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो।
दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
प्रकाशित: २ माघ २०७७, शुक्रबार