आईफोन ११ को तुलनामा आईफोन १२ को उत्पादन लागत अधिक, यस्तो छ कारण

  • Technology Khabar | २९ पुष २०७७, बुधबार
आईफोन ११ को तुलनामा आईफोन १२ को उत्पादन लागत अधिक, यस्तो छ कारण
आईफोन १२ र १२प्रो

काठमाडौं ।

आईफोन ११ को तुलनामा, आईफोन १२ को उत्पादनमा २१ प्रतिशत बढी लागत आउने गर्दछ। भर्खरको एक रिपोर्टअनुसार नयाँ आईफोन १२ को सामाग्री अर्थात बिल अफ मेटेरियल (BOM) को कुल ४३१ डलर हुन आउँछ।

यो खर्च फोनमा लगाईएको नयाँ पार्टस, ५जी मेटेरियल र एप्पलको ए १४ बायोनिक चिपसेटको कारणले भएको हो।

रिपोर्टअनुसार बिल अफ मेटेरियलबाट यो कुरा पत्ता लागेको छ कि आईफोन १२ को लागत ३७३ डलर लाग्दछ । जबकि आईफोन १२ प्रोको लागत ४०६ अमेरिकी डलर लागत हुन्छ।

यद्यपि यी बाहेक, फोनमा अन्य ओभरहेड चार्जहरू लगाइन्छ, जसपछि मात्र खुद्रा मूल्य निश्चित हुन्छ।

रिपोर्टका अनुसार आईफोन १२ र आईफोन १२ प्रोको सबभन्दा महँगो अंश क्वालकम एक्स ५५ ५ जी मोडेम हो त्यसैगरि सामसङले बनाएको ओएलईडी डिस्प्ले, सोनीले बनाएको क्यामरा सेन्सर र ए१४ बायोनिक चिप छन्। एजेन्सी

प्रकाशित: २९ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार