शाओमीको रेडमी ब्राण्डमा नयाँ फोन के ४० आउँदै

  • Technology Khabar | २८ पुष २०७७, मंगलवार
शाओमीको रेडमी ब्राण्डमा नयाँ फोन के ४० आउँदै

काठमाडौं ।

शाओमीको सहायक ब्रान्ड रेडमीको रेडमी के४० सिरिज आउने भएको छ ।

रेडमी के४० क्वालकम स्न्यापड्रागन फ्ल्यागसिप ८८८ चिपसेटमा उपलब्ध हुनेछ । यसअघिको रेडमी के३० सिरिजमा क्वालकम स्न्यापड्रागन ७३० चिपसेट थियो ।

रेडमी के४० फ्ल्याट डिस्प्लेको साथ जोडिने छ जुन महँगो फ्ल्याट स्क्रिनको रुपमा रहनेछ । तर उक्त स्क्रिनको विस्तृत विवरण भने बाहिरिएको छैन ।

रेडमी के४० सिरिजका सबै स्क्रिन उच्च रिफ्रेस रेटमा उपलब्ध हुनेछ । ती स्क्रिन एलसीडी वा एमोएलईडी प्यानलमध्ये एक हुनेछ । रेडमी के३० सिरिजको तुलनामा रेडमी के४० मा शक्तिशाली ब्याट्री पाउन सकिन्छ ।

रेडमी के३० मा ४५०० एएमएच ब्याट्री थियो भने रेडमी के४० मा ५००० एएमएच ब्याट्री राखिने सम्भावना छ । रेडमी के४० सिरिजको मूल्य ४६३ अमेरिकी डलर हुने अनुमान छ । एजेन्सी

प्रकाशित: २८ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार