तपाईँको स्मार्टफोन ढिलो चार्ज भयो, त्यसोभए यी चार तरिका प्रयोग गर्नुहोस्

  • Technology Khabar | २७ पुष २०७७, सोमबार
तपाईँको स्मार्टफोन ढिलो चार्ज भयो, त्यसोभए यी चार तरिका प्रयोग गर्नुहोस्
सांकेतिक

काठमाडौं ।

स्मार्टफोनको सबैभन्दा ठूलो समस्या भनेको छिट्टै ब्याट्री सकिनु हो । तीब्र रुपमा ब्याट्री घट्ने भएकाले बारम्बार फोनलाई चार्जमा जोडि राख्नुपर्छ । त्यस्तो गर्दा पनि प्रयाप्त मात्रामा चार्ज नहुनुका साथै ढिलो चार्ज हुन्छ । फोनलाई छिटो चार्ज गर्न केहि उपाय अबलम्बन गर्न सकिन्छ ।

फ्लाइट मोड

फ्लाइट मोडमा फोन चार्ज गर्दा छिटो हुन्छ । यो सबैभन्दा सहज र उपयोगि तरिका हो । फ्लाइट मोडमा फोनको नेटवर्क सर्भिस बन्द हुन्छ । नटवर्कको सम्पर्कमा आउन फोनले पावर खपत गरिरहेको हुन्छ । त्यसैले फ्लाइट मोडमा चार्ज गर्दा छिटो हुन्छ ।

यूएसबीबाट चार्ज नगर्ने

हामीमध्ये धेरैको मोबाइललाई ल्यापटममा यूएसबी जडान गरेर चार्ज गर्ने बानी हुन्छ । यूएसबी पोर्टभन्दा विजुलीबाट फोन छिटो चार्ज हुन्छ ।

ओरिजिनल चार्जर

फोन चार्ज गर्दा सधै ओरजिनल चार्जरको प्रयोग गर्नुपर्छ । ओरजिनल चार्जरबाटै फोन छिटो चार्ज हुन्छ । अन्य चार्जर प्रयोग गर्दा फोन र चार्जरको पावर फरक पर्न सक्छ । यस्तो अवस्थामा फोनको ब्याट्री डेड हुनुका साथै फोनै पड्कने सम्भावना हुन्छ । बक्समा आएको चार्जरबाट फोन चार्ज गर्नुपर्छ । चार्जर हराए वा चोरी भएमा समान पावर र मोबाइल कम्पनीकै चार्जर रोेज्नुपर्छ ।

अफ गर्ने

फ्लाइट मोडमा चार्ज गर्नु राम्रो हुन्छ । तर तपाईलाई अझै छिटो चार्ज गर्नु छ भने मोबाइललाई अफ गर्नुपर्ने हुन्छ । अफ हुँदा मोबाइलको डिस्प्ले, एप, नेटवर्क लगायत सबै बन्द हुन्छन् । अफ गर्दा फोनमा बिजुली खपत गर्ने सिस्टम चालु नहुने भएकाले तीब्रगतिमा चार्ज हुन्छ ।

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...