
काठमाडौं ।
सामसङले फ्लेक्जिबल स्क्रिनसहितको फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने भएको छ । रिर्पोटका अनुसार नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी जेट फ्लिपको उत्तराधिकारीको रुपमा बजारमा ल्याइनेछ।
सम्भवत यसको नाम सामसङ ग्यालेक्सी जेट फ्लिप ३ हुनेछ ।
लेट्सगोडिजिटल वेबसाइटमा स्मार्टफोनको कन्सेप्टचिअल तस्वीर प्रकाशित भएको छ ।
रिर्पोटका अनुसार सामसङको सन् २०२१ को पहिलो फोल्डेबल फोन सामसङ ग्यालेक्सी जेट फ्लिपको उत्तराधिकारी हुनेछ । यसको नाम सामसङ ग्यालेक्सी जेट फिल्प २ को सट्टा सामसङ ग्यालेक्सी जेड फ्लिप ३ राखिनेछ।
नयाँ फोल्डेबल फोनको डिजाइन र फिचर सामसङ ग्यालेक्सी जेट फ्लिप र ग्यालेक्सी एस२१ सँग मिल्दोजुल्दो छ । ग्यालेक्सी एस२१ केहि दिनमा सार्वजनिक हुँदैछ ।
सामसङ ग्यालेक्सी जेट फ्लिप ३ फाइभजी फोन हो । यसमा ६.७ इन्च फुल एचडी प्लस डिस्प्ले छ । यसमा अक्टाकोर स्न्यापड्रागन ८६५ प्लस ७ एनएम मोबाइल प्लेटफर्म चिपसेट छ । नयाँ फोल्डेबल फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ ।
प्रकाशित: २६ पुष २०७७, आईतवार